२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

कमल खड्का/कोहिनुर अनलाईन
माघ ११ रोल्पा, रुन्टीगढी गाउँपालिकाको १३ औ गाउँसभा बुधबार सम्पन्न भएको छ । बिभिन्न बिषयका कार्यक्रमहरु पारित गर्दै १३ औ गाउँसभा सम्पन्न भएको हो । गाउँसभामा सभा सदस्यहरुले केही बिषयमा प्रश्न समेत उठाएका थिए । रुन्टीगढी गाउँपालिका वडा नं. ३ अध्यक्ष तथा गाउँसभा सदस्य गणेश गिरीले बिभिन्न क्षेत्रमा निति नियम आवश्यक रहेको कुरा उल्लेख गर्नु भएको थियो । उहाले स्थानिय तहको निती नियम बनाएर जान सरकारले २२ वटा अधिकार स्थानिय तहलाई दिएको बताउन भयो । सभामा बोल्दै सभा सदस्य भुवन पुनले अरुम खोला पुलको स्थलगत अध्यन पछि पनि योजनाको काम यथा स्थीती अवस्थामा रहेको कुरा उल्लेख गर्दै बजेट फ्रिज हुने हो कि भनेर चिन्ता ब्यक्त गर्नु भएको थियो । साथै सभामा उहाले वडाबाट सामाजिक सुरक्षा भत्ता बाड्ने कार्य एकदम राम्रो भए पनि बैक कर्मचारीहरुले सेवा प्रभामा सन्तुष्त बनाउन नसकेको कुरा बताउनु भएको थियो । वडा नं. ६ का अध्यक्ष तथा गाउँसभा सदस्य घन बहादुर घर्तीले योजना बनाएर अघि बढे गाउँपालिका सफल हुने कुरा ब्यक्त गर्नु भएको थियो । सभामा ऐन कानुनका बारेमा सबै सभा सदस्यहरुलाई जानकारी हुनु पर्ने कुरा ब्यक्त गर्नु भएको थियो । त्यसै गरि गाउँसभाका बारेमा पनि ब्यवस्थीत गरेर संञ्चालन गर्नु पर्ने सुभाब राख्नु भएको थियो । वडा नं. ८ का अध्यक्ष तथा सभा सदस्य तुलसी पुनले महिलाका हक अधिकारका बारेमा पनि ऐन कानुन बनाएर बढ्न हुन समेत सुझाब राख्नु भएको थियो ।

सभामा चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको सम्सोधन तथा नयाँ कार्यक्रम सम्बन्धि प्रताव बजेट कार्यक्रमका संयोजक तथा रुन्टीगढी गाउँपालिका का उपाध्यक्ष सरिता केसीले प्रस्तुत गर्नु भएको थियो । चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको संम्सोधन तथा नया कार्यक्रमहरु सभाअध्यक्ष समक्ष पेस गर्नु भएको थियो । पेस भएको चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको संम्सोधन तथा नया कार्यक्रमहरु सभा अध्यक्ष जनक पुनले निर्णयार्थ सभा समक्ष पेस गर्नु भएको थियो भने सभाले उक्त चालु आर्थिक वर्षमा छनोट भएका योजना तथा बजेट माथि भएको संम्सोधन तथा नया कार्यक्रमहरु पारित गरेको थियो । सभामा बोल्दै सभाध्यक्ष जनक पुनले जिमेवारीको हिसाबले रुन्टीगढी बनाउनमा सबैको आ आफ्नो ठाउँमा उत्तिकै जिमेवार रहेको कुरा बताउनु भयो । जिमेवारीको हिसाबले कोही पनि पन्छीन नहुने कुरा उल्लेख गर्नु भएको छ । गाउँपालिकामा कति पए ऐन कानुन बनी सकेको भए पनि कसैको हेर्ने र अध्यन गर्ने चासो नभएका हुनाले समस्या भएको कुरा ब्यक्त गर्नु भएको थियो । अरुम खोला पुल बानाउन छुट्याको बजेटले प्राबिधीक स्तीमेत गर्दा नपुग्ने भए पछि टेन्डर आवान गर्न नसकिएको कुरा उल्लेख गर्नु भएको थियो । त्यसकारण कतैबाट बजेट थप गरेर तेन्डर आवान गरिने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय