२०८० जेष्ठ १८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

सन्तोष सुनार, प्यूठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाडा बजारमा दिउँसो एक घरमा चोरी भएको छ । सोमबार झिमरुक-५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताए । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ । घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन ।

 

संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिएका छन् । प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय