२०८० जेष्ठ १९ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इलामको फिक्कलमा माटाेकाे ढिस्कोले पुरिएर ४ जनाको ज्यान गयो | नवनियुक्त तीन मन्त्रीले लिए शपथ | टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो,टोपबहादुर भने बेखबर | आज पनि वर्षाको सम्भावना | टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ | टोपबहादुर रायमाझी भाषण छोट्टाएर हिँडे काठमाडौं | भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जो कोहीलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ | ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए | टोपबहादुर रायमाझीको काठमाडौंमा पक्राउ पूर्जी, अर्घाखाँचीमा विशेष अथिति | आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा दर्शनार्थीको घुइँचो |

काठमाण्डाै । सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट विस्थापित भएका नागरिकलाई खानेपानीको अभाव भएको छ ।

इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको हो । इन्द्रावतीको तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई त्यहाँको वडा–४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो ।

स्थानान्तरणपछि बस्तीका हरेक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक तीन किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको गुनासो छ ।

 

 

पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन भूकम्पका कारण चिरा परेपछि स्थानान्तरण भएको तर खानेपानीको समस्यासँगै जीविकोपार्जन पनि कठिन भएको विस्थापितको गुनासो छ । विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने गाउँपालिकाका अध्यक्ष झम्क नेपालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय