२०८१ मंसिर ८ | kohinuronline@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
शैक्षिक रुपान्तरणका लागि नेविसंघ प्रतिबद्ध छ:- सभापति जि.सी. | भौतिक आन्दोलनको एउटा अध्याय पुरा, वैचारिक आन्दोलनमा केन्द्रित हौँ : सभापति जि.सी. | रुन्टीगढी गाउँपालिकाद्वारा होलेरी बजार अनुगमन, साढे ६२ कुन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो | अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने | रुन्टीगढी गाउँपालिकामा वि पिको स्मरणमा वृक्षरोपन | रुन्टीगढी गाउँपालिकाले वडा र विषयगत शाखामा १० करोड ५८ लाख बजेठ विनियोजन | रुन्टीगढी गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक, तेस्रो बैठक बजेट पास हुने | रुन्टीगढी गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/८१ निति तथा कार्यक्रम प्रस्तुत | मेलमिलाप कर्ता सम्बन्धि तालिम सम्पन्न | रोल्पामा एक युवकले आत्माहत्या गरे |

टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २३ हजारभन्दा धेरै पुगेको छ । गएको सोमवारको भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । धेरै मानिसहरु अझै  पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ ।

 

चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् । भूकम्प गएको ९० घण्टापछि एक जना नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो ।

यस्तै, १ सय ४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय