काठमाडौं । साफ २० वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल आज भारतसँग खेल्दैछ । खेल बिएसएसएस मुस्तफा कमल मैदानमा हुनेछ ।
चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्नेछन् । राउन्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपमा नेपालले दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।
बङ्गलादेशको ढाकामा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी भएकामा भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ । फाइनलमा पुग्नको लागि नेपालले आजको खेल्न जित्नैपर्नेछ ।
आजको पराजित भए नेपालको फाइनल पुग्ने सपना अधुरै हुनेछ ।